ओसाका ,जापानको ओसाका सहरमा एक नेपाली पुरुष रक्सीको नशामा कोम्बिनिमा पिसाब फेरेपछि पक्राउ परेका छन्।
प्राप्त जानकारी अनुसार, उनी हालै काममा गल्ती गरेपछि जागिरबाट निकाला गरिएका थिए। उक्त घटनाको रिसले उनी मादक पदार्थ सेवन गरी कोम्बिनिको अगाडि अभद्र व्यवहारमा उत्रिएका हुन् र कोम्बिनि भित्रै पिसाब सम्म फेरेका हुन।
कोम्बिनिको मालिकले सुरक्षा क्यामेरा फुटेजसहित प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले तत्काल उनलाई पक्राउ गरेको छ र घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाइएको छ।
पक्राउ परेका नेपाली व्यक्तिलाई ५ लाख येन बराबरको जरिवाना समेत प्रस्ताव गरिएको छ। यो जरिवाना सफाइ शुल्क, व्यापार क्षति, र सार्वजनिक शिष्टाचार उल्लङ्घनसम्बन्धी क्षतिपूर्तिका रूपमा लागु गरिएको हो।
यो घटना जापानमा बसोबास गरिरहेका प्रवासी नेपालीहरूका लागि गम्भीर चेतावनी पनि बनेको छ।
About
contact
Date Converter

