+
Side Bar Header Desktop Recovered

क्योतो कप २०२५ को उपाधी क्योतो रोयल्सलाई

Kyoto Khabar
Posted on 10 months ago

 

क्योतो, अक्टोबर १२  क्योतो शहरमा आज सम्पन्न भएको क्योतो कप २०२५ को फाइनल प्रतिस्पर्धामा क्योतो रोयल्स विजयी बन्दै उपाधि हात पारेको छ। रोमाञ्चक प्रतिस्पर्धामा रोयल्सले क्योतो फ्रेन्ड युनाईटेडलाई ३-० गोलको स्पष्ट अन्तरले पराजित गर्दै यस वर्षको प्रतिष्ठित उपाधि जित्न सफल भएको हो।

प्रतियोगिताको सुरुवाती चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको क्योतो रोयल्सले फाइनलमा पनि दमदार खेल प्रस्तुत गर्‍यो। खेलको पहिलो हाफमै टोलीका अग्रपंक्तिका खेलाडीहरूले लगातार दबाब सिर्जना गर्दै दुई गोल गरेका थिए, भने दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गरे।

उत्कृष्ट प्रदर्शनका लागि क्योतो रोयल्सका कप्तानलाई “म्यान अफ द म्याच” घोषित गरिएको थियो। खेलपछिको समापन समारोहमा विजेता टोलीलाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरियो।

प्रतिक्रिया

Bio