नागोयामा आयोजित Smiles Mobile Remittance Gold Cup 2025 मा क्योतो नेपाली ग्रुप ले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ।
प्रतियोगितामा २० टोलीहरू सहभागी थिए, जहाँ क्योतो नेपाली ग्रुपले आफ्नो उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै फाइनलसम्मको यात्रा तय गर्यो। फाइनल प्रतिस्पर्धा रोमाञ्चक रह्यो, तर क्योतो नेपाली ग्रुप अलि कम भाग्यशाली रह्यो।
टोलीका खेलाडीहरूको मेहनत, समर्पण र टोली भावना प्रशंसनीय रह्यो। टोलीका प्रतिनिधि देउमान घिसिङ ले यो सफलता आगामी खेलहरूका लागि ठूलो प्रेरणा भएको बताउँदै अब अझ बढी मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे।
About
contact
Date Converter

