+
Side Bar Header Desktop Recovered

कास्की पोखरा समाज जापानको पहिलो बैठक सम्पन्न, प्रवक्तामा बिष्णु सुबेदी चयन

Kyoto Khabar
Posted on 1 year ago

टोकियो – कास्की पोखरा समाज जापानको २०२५–२७ कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ। यस बैठकबाट प्रवक्ताको पदमा बिष्णु सुबेदी निशान चयन भएका छन्।

बैठकमा नवनिर्वाचित अध्यक्ष कमल बाँस्तोलाद्धारा प्रस्तावित संस्थाका भावी योजना तथा कार्यक्रमहरूमा छलफल गरिएको थियो। बैठकले कास्की जिल्लाबाट जापानमा आई बसोबास गरिरहेका व्यक्तिहरूलाई एक आपसमा जोड्ने पहल, जापानी समुदायमाझ कास्की–पोखरालाई चिनाउने विभिन्न कार्यक्रमहरू गर्ने, आजीवन तथा साधारण सदस्यहरूको संख्या बढाउने, जापानका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय समितिहरूको विस्तार गर्ने, जापानमा बसोबास गर्दै आइरहेका कास्केलीहरूका समस्या तथा गुनासो सुन्ने प्रणाली तयार गर्ने, र जापानबासी नेपालीहरूमाझ देखिएका समस्याहरू निराकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्ने योजनाहरू पारित गरेको छ।

यस अन्तर्गत पुराना र नयाँ पुस्तालाई जोड्ने कार्यक्रम, विद्यार्थी भिसामा रहेका नेपालीहरूका लागि इन्स्योरेन्स सम्बन्धी कार्यक्रम, जापानमा रहेका अन्य संस्थाहरूसँग समन्वय गरी गरिने कार्यक्रम, आर्थिक शिक्षा सम्बन्धी कार्यक्रम, सांस्कृतिक कार्यक्रम, र जापानको श्रम कानून सम्बन्धी कार्यक्रम लगायत मुख्य योजनाहरू रहेका छन्।

बैठकमा हालै सम्पन्न निर्वाचनका निर्वाचन मण्डल तथा पूर्व र निवर्तमान अध्यक्षहरूलाई सम्मान गरिएको थियो। निवर्तमान अध्यक्ष सन्देश अधिकारी, पूर्व अध्यक्षहरू बिकाश श्रेष्ठ, शिब प्रसाद पौडेल, र बिष्णु प्रसाद सुबेदी (विश्व) ले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यसमिति सदस्यहरूले संस्थाप्रति आ–आफ्नो धारणा तथा भावी कार्ययोजनाका विषयमा राय राखेका थिए।

प्रतिक्रिया

Bio