+
Side Bar Header Desktop Recovered

जापानी फिल्ममा नेपालि, गैडाकोटकी सुजिता पाण्डेको अभिनय

Kyoto Khabar
Posted on 9 months ago

 

गैडाकोट–१० की सुजिता पाण्डे जापानी ठुलो चलचित्र “22nd Century Cat” मा अभिनय गर्ने पहिलो नेपाली अभिनेत्री बनेकी छिन्। अर्घाखाँचीकी युवासँग विवाह गरेकी सुजिता हाल जापानमा बस्दै आएकी छन्।

फिल्मका निर्देशक ओमोई सासाकी हुन्। यो फिल्म विदेशी युवतीको जीवन, प्रेम र संघर्षमा आधारित छ। सुजीताले फिल्ममा “अन्जु” नामकी पात्रको भूमिका निभाएकी छिन्।

सुजितालाई फिल्ममा अभिनय गर्ने मौका एकदम अनौठो परिस्थितिबाट प्राप्त भयो। उनी जापानमा कम्बिनी स्टोरमा काम गर्दै थिइन्। त्यही क्रममा फिल्म टिमका सदस्यले उनलाई अभिनयको प्रस्ताव गरे। परिवारको अनुमति पाएपछि उनले अभिनय गर्न सहमति जनाइन्।

फिल्मको दुई दिनको सुटिङ पूरा भइसकेको छ र सुजीतालाई १ लाख जापानी येन पारिश्रमिक दिइएको छ। यो सुजीताको पहिलो जापानी चलचित्र हो।

उनको अभिनय र सफलता नेपाली युवतीका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ प्रेरणा बनेको छ। विश्लेषकहरूका अनुसार, सुजीताको कदमले जापानी फिल्म उद्योगमा विदेशी प्रतिभाप्रति रुचि अझ बढाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

Bio