+
Side Bar Header Desktop Recovered

सेप्टेम्बर ६ मा एनआरएनए कान्तो टोकियोको BBQ तथा सांगीतिक जमघट हुदै

Kyoto Khabar
Posted on 3 hours ago

टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समन्वय समिति (आरसीसी) कान्तो टोकियोले नेपाली समुदायबीच आपसी भेटघाट, सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ आगामी सेप्टेम्बर ६, २०२६ मा विशेष BBQ तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

टोकियोस्थित Kasai Rinkai Park मा हुने कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा BBQ भोजनसँगै जापानमा रहेका नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

एनआरएनए कान्तो टोकियोको सातौँ भौतिक बैठकले कान्तोका सदस्य सरोज भुसाललाई कार्यक्रम संयोजकको जिम्मेवारी दिएको हो। संयोजक दिपक सुबेदी ‘बिप्लव’ का अनुसार कार्यक्रमले कान्तो क्षेत्रका नेपाली तथा विभिन्न संघ–संस्थाबीच सहकार्य, भाइचारा र आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

आयोजकले टोकियो तथा कान्तो क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

Bio