+
Side Bar Header Desktop Recovered

टोकियोमा ७०औँ नियमित साहित्य शृङ्खला , लक्ष्मी जयन्तीको अवसरमा भव्य आयोजनाको तयारी

Kyoto Khabar
Posted on 6 months ago

टोकियो (जापान) ,महान् कवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा, अनेसास जापान च्याप्टरले ७०औँ नियमित साहित्य शृङ्खला भव्य रूपमा आयोजना गर्न लागेको छ।
कार्यक्रम आउँदो २६ अक्टोबर २०२५ आइतबारका दिन दिउँसो १२:३० बजेबाट सोलमारी हल, सिना ओकुबो, टोकियोमा सुरु हुने भएको छ।

साहित्यिक वातावरणलाई अझ समृद्ध बनाउने उद्देश्यका साथ आयोजना हुने यस कार्यक्रमअन्तर्गतसाहित्यपोष्ट एप्लिकेशनको औपचारिक उद्घाटन,खुला रचना वाचन कार्यक्रम, तथा स्वागत र अन्तरक्रिया सत्र
समेत आयोजना गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि रूपमा ख्यातिप्राप्त साहित्यकार तथा साहित्यपोष्टका प्रधान सम्पादक अश्विनी कोइराला सहभागी हुनेछन्।नेपाल र जापानबीचको साहित्यिक सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्यका साथ अनेसास जापान च्याप्टर र साहित्यपोष्ट ई–पत्रिकाले यो संयुक्त आयोजना गर्न लागेका हुन्।

प्रतिक्रिया

Bio