+
Side Bar Header Desktop Recovered

क्योतोमा मनिशा शर्माले भोगिरहेको कहालीलाग्दो समय

Kyoto Khabar
Posted on 3 months ago

क्योतोमा मनिसा सर्माले भोगिरहेको कहालीलाग्दो समय

क्योतोको शान्त रात थियो। घडीले १२ बजेको सङ्केत दिइसकेको थियो। पाण्डव शर्माले “म शौचालय गएर आउँछु” भन्दै खाटबाट उठेर हिडे । बागलुङ बलेवा घर भएका उनी १४ महिना अघि मात्र जापान आएका थिए। छोरा–छोरीलाई नेपालमै छोडेर आएका उनी श्रीमती मनिसासँग केही नयाँ सपना बुन्दै थोरै समयअघि जापान भेटिएका थिए।

ढोका बन्द भएको केही बेरमै अचानक ठूलो आवाज आयो-असामान्य, चकित बनाउने। त्यो आवाजसँगै मनिसाको मन एक्कासि भारी भयो । “के भयो ?” भन्ने कौतुहल ,डरले  उनलाई तल झर्न बाध्य बनायो।
तल पुगेकी मनिसाले देखेको दृश्यले उनी भुइँमै थचक्क बसिन्-उनै श्रीमान् पाण्डव रगताम्य भएर भुइँमा लडेका थिए।
भुइँभरि रगत, खुट्टाका च्यातिएका मासुका टुक्रा, लत्रिएको टाउको .. दृश्य शब्दले भन्नै नसक्ने खालको थियो ।

छोटो समयमा  ७–८ जना जम्बा भइसकेका थिए। पाण्डवका दिदी–भिनाजु पनि आइपुगे। मनिसाले एम्बुलेन्स बोलाउन खोजिन्, तर भाषाको कारण केहि समस्या भयो । अन्ततः एक जापानीले फोन गरेर एम्बुलेन्स बोलाइदियो। होस,हवास गुमेकी मनिसा कसरी एम्बुलेन्समा चढिन्,उनी आफैँलाई थाहै भएन।

टोफुकुजीस्थित रेड क्रस अस्पताल पुग्दा मनिसाले मनमनै ‘अब सबै सकियो’ सोचेकि थिहिन । जीवन कति नाजुक रहेछ त्यो रातले उनलाई सबैभन्दा गहिरो घाउ दियो।
१५ दिनपछि पाण्डव थोरै बोल्न सक्ने भए । मनिसाले रुदै सोधिन “किन यस्तो गर्नुभयो?” सोध्दा पाण्डवले बिस्तारै भने
“खोइ… कसैले ‘तेरो परिवार मार्छु’ भनेर कराएको सुनेजस्तो भयो। लखेटेजस्तो लाग्यो। परिवारलाई केही गर्नु भन्दा मै मर्दिन्छु भनेर हाम फाले”!

यो उत्तरले मनिसा झनै स्तब्ध भइन ,एकाएक जिवनले  उनीहरूलाई कस्तो अन्धकारमा धकेल्यो ।

पाण्डव अहिले पनि अस्पतालमै छन्, लडिरहेकै छन्। लामो उपचार, महँगो खर्च, र जापानको कठोर जीवन सबैले मनिसाको बोझ बढाइरहेको छ। पान्डब अब पुरानै मान्छे हुन १-२ बर्ष लाग्ने र अझै ३ महिना जति हस्पिटल बस्नु पर्ने डाक्टरले भनेका छन् ।  मनिसा अब सबैसँग सहयोग माग्ने बिचारमा पुगेकि छिन।

प्रतिक्रिया

Bio