+
Side Bar Header Desktop Recovered

कर्णाली प्रदेश समाज,कान्साई जापानको तेस्रो अधिवेशन ओसाकामा हुदै

Kyoto Khabar
Posted on 10 months ago

ओसाका, जापान – जापानमा रहेका कर्णाली प्रदेशवासीहरूको साझा संस्था कर्णाली प्रदेश समाज, जापान – कान्साई क्षेत्रीय समितिले आउँदो २०२५ जुन २२ तारिख का दिन आफ्नो तेस्रो अधिवेशन आयोजना गर्ने भएको छ।

अधिवेशन ओसाका सहरको चुओ वार्डस्थित कुतारोचो १-२-२७ (〒541-8518) मा आयोजना हुनेछ। कार्यक्रममा सहभागीहरूलाई शामको ५:०० बजेदेखि राति ९:३० बजेसम्मको समय तय गरिएको छ।

कर्णाली प्रदेश समाज, जापानले जापानमा रहेका कर्णालीबासी नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने, सामाजिक, साँस्कृतिक, तथा आपतकालीन सहायताका कार्यहरू सञ्चालन गर्दै आएको छ। यो अधिवेशनले संस्थाको सांगठनिक सुदृढीकरण तथा आगामी कार्ययोजनाको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विशेष अतिथिहरूको सहभागिता, सांस्कृतिक प्रस्तुति, प्रतिवेदन प्रस्तुतिकरण तथा नयाँ नेतृत्व चयनजस्ता महत्वपूर्ण विषय समावेश हुनेछन्।

अधिवेशनमा सहभागिताका लागि सम्पूर्ण कर्णालीवासी तथा शुभचिन्तकहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजक समितिले आग्रह गरेको छ।

प्रतिक्रिया

Bio