क्योटो फ्रेन्ड्स युनाइटेड क्लबद्वारा आयोजित दोस्रो क्योटो कप २०२५ का लागि क्योटो जक्सन रेस्टुरेन्ट एन्ड बार ले प्रायोजन प्रदान गरेको छ। आयोजक टोलीले यस उदार सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ ठूला उपलब्धिहरू सँगै हासिल गर्ने विश्वास व्यक्त गरेको छ।
यस प्रायोजनले प्रतियोगितालाई थप भव्य बनाउने विश्वास गरिएको छ। जापानमा रहेका नेपाली समुदायलाई खेलकुदमा संलग्न गराउने उद्देश्यले क्योटो कप आयोजना गरिँदै आएको छ। क्योटो जक्सन रेस्टुरेन्ट एन्ड बारले यस किसिमको नेपाली खेलकुद गतिविधिलाई समर्थन गर्नु उल्लेखनीय योगदानको रूपमा हेरिएको छ।
आयोजक समितिले क्योटो जक्सन रेस्टुरेन्ट एन्ड बारलाई धन्यवाद ज्ञापन गर्दै यस प्रकारको सहयोगले नेपाली समुदायबीच एकता र खेलकुदको विकासमा टेवा पुर्याउने बताएको छ। साथै, भविष्यमा यस्ता प्रतियोगिताहरूलाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
About
contact
Date Converter

