+
Side Bar Header Desktop Recovered

जापानमा नेपाली महिलाको आत्महत्या, घरेलु हिंसाको आशंका

Kyoto Khabar
Posted on 1 year ago

नाबारी, जापान – जापानको मिए प्रिफेक्चर, नाबारीमा बस्दै आएकी नेपाली महिलाले  आत्महत्या गरेकी छन्। स्रोतका अनुसार, उनले श्रीमान्को यातनाका कारण ज्यान लिएको आशंका गरिएको छ।

घटनापछि स्थानीय प्रशासनले अनुसन्धान अघि बढाएको छ भने नेपाली समुदायले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्। सामाजिक सञ्जालहरूमा घरेलु हिंसाविरुद्ध आवाज उठाउँदै न्यायको अपील भइरहेको छ।

यस घटनाले जापानमा रहेका नेपाली महिलाको सुरक्षा र मानसिक स्वास्थ्यप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ। समुदायले पीडितका लागि न्याय र घरेलु हिंसाविरुद्ध कडा कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

Bio