एनआरएनए जापानको पछिल्लो निर्वाचनमा सुभाष लामिछानेले ७,१५२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन्। उनका मुख्य प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठले ५,१९३ मत प्राप्त गरेका थिए। निर्वाचन आयोगका प्रमुख तिलक मल्लले मतदान परिणामहरू सार्वजनिक गरेका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल ६,४१८ मत प्राप्त गरी विजयी भए भने क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी (विश्व) ६,९८३ मत प्राप्त गरी निर्वाचित भएका छन्। खुल्ला उपाध्यक्ष पदमा मुक्तिराम खनाल (८,७०२ मत), दिलिप कँडेल (६,९४९ मत), र दिपक सुनार (६,१०१ मत) विजयी भएका छन्। महासचिव पदमा श्यामकुमार श्रेष्ठले ६,३८४ मत प्राप्त गरेका छन्।
निर्वाचन अमेरिकन कम्पनी भोटाजको भर्चुअल प्रणालीबाट भएको थियो र जापानस्थित नेपालीहरूले आइतबार बिहान ८ बजेबाट साँझ ८ बजेसम्म मतदान गरेका थिए। यस निर्वाचनले प्रवासी नेपाली समुदायमा नयाँ नेतृत्व र उत्साह थपेको छ।
About
contact
Date Converter

