जुलाई २१, फुकुओका बाग्लुङ्ग समाज जापानको क्षेत्रीय कार्यसमिति क्युस्यु अन्तर्गत मदन शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। एभरेस्ट रेस्टुरेन्ट, फुकुओकामा सम्पन्न भव्य कार्यक्रमका बीच सर्वसम्मत रूपमा गठन गरिएको नयाँ कार्यसमितिमा विभिन्न पदाधिकारीहरूको चयन गरिएको छ।
कार्यसमितिमा उपाध्यक्षका रूपमा सावित्री रिजाल र झपेन्द्र प्रसाद सापकोटा चयन हुनु भएको छ भने सचिवमा भरत बिक, सह-सचिवमा मिलन सापाङ्गी, कोषाध्यक्षमा मनोज पौडेल र सह-कोषाध्यक्षमा प्रेम सापकोटा (सोनु) चयन हुनुभएको छ। त्यस्तै, कमल सापकोटा, लिला श्रीस, अमृत गौतम र सलिना बोहरा सदस्यका रूपमा निर्वाचित हुनु भएको छ।
कार्यक्रममा बाग्लुङ्ग समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा, एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष सिदार्थ श्रेष्ठ, समाजका संरक्षक रामकृष्ण बम मल्ल, सुर्य खडका, टंक गैरे लगायत क्युस्यु क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
निर्वाचन समितिमा संयोजक अशोक शर्मा गोपाल, सदस्यद्वय दिपक कंडेल सफल र गणेश केसी रहनुभएको थियो।
समारोहले समुदायमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता झल्काएको थियो।
About
contact
Date Converter

