अनेसास जापानको आयोजना र तनहु समाज जापानको सह-आयोजनामा जापानमै पहिलो पटक “मुक्तक महोत्सव २०२५” भव्यताका साथ सपन्न भएको छ ।
२१२औँ भानु जयन्तीको अवसर पारी आयोजना गरिएको कार्यक्रममा साहित्यकार गृष्मा पौड्यालको मुक्तक सङ्ग्रह “सङ्घर्ष १०१” विमोचन गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा महासचिव अनिलकुमार निर्दोषले संचालन गर्नु भएको कार्यकममा संस्थाका अध्यक्ष अरुण पौडेलको सभापतित्वमा सह आयोजक तनहूँ समाज जापानका अध्यक्ष भोजराज पन्थले स्वागत मन्तव्य राख्नु भएको थियो भने भानुभक्त सम्बन्धी गतिविधि र जीवन बारे डा.दीपेन्द्र ढकालले प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रम साहित्यकार धुर्ब मधुकर्मीको प्रमूख आतिथ्यता तथा संस्थाका पूर्ब अध्यक्षहरू डा. कुमार बस्नेत, प्रकाश पौडेल माइला दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैरे,निबर्तमान अध्यक्ष रविन शर्मा, सल्लाहकारहरू हारुहितो नोजू, धिषण निरौला, गायक सूर्य खड़का लगायत जापानस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको दोस्रो चरण अन्तर्गत कविता प्रतियोगिताको संयोजक संस्थाकी सदस्य बिनिशा सापकोटाले सञ्चालन गर्नु भएको कार्यक्रममा जापान ब्यापी कविता प्रतियोगिताबाट बिजेता बनेका ३ कवि राम लामिछाने (आदि पुरुष), शारदा पान्डे र हरिबिनोद अधिकारीलाई अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार वितरण गरिएको थियो ।
जापान भ्रमणको शिलशिलामा रहनु भएका साहित्यकार ध्रुव मधुकर्मीलाई अनेसासको तर्फबाट स्वागत तथा सम्मान गरिएको थियो ।
मुक्तक महोत्सव अन्तर्गत संस्थाका सचिव मनोज मौसम केसीले सञ्चालन गर्नु भएको कार्यक्रममा झन्डै ३ दर्जन मुक्तकारहरूले मुक्तक वाचन गर्दा हल ताली र वाह-वाहले गुञ्जायमान भएको थियो ।कार्यक्रममा होक्काइदो ,ओसाका ,क्योटो टोकियो योकोहामा साईतामा लगाएको ठाउबाट साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
संगीता कुंवरको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई मायाको चिनो लगायतका सामाग्री स्पिड मनी ट्रान्सफर/ नेपाल रेमिट जापानले सौजन्य गरेर साथ दिएको थियो l कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष अरुण पौडेलले महोत्सव सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो।
About
contact
Date Converter

