स्याङ्जा समाज, कान्साई क्षेत्रीय समन्वय समितिको अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि सुर्य प्रसाद अर्याल समाजको अध्यक्षमा निर्वाचित भएका छन् । समाज, एकता र समृद्ध समुदाय निर्माण गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन भएको छ।
उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डेय र अनन्त राज भट्टराई चयन भएका छन। त्यस्तै, सचिवमा गिरिस ढकाल, सह-सचिवमा अनिल क्षेत्री, कोषाध्यक्षमा अमृत पौडेल, सह-कोषाध्यक्षमा प्रविण भुजेल निर्वाचित भए । सदस्यहरूमा राम न्यौपाने, सुन्दर पाण्डेय, पूष्पराज प्रोखेल, रमेश भण्डारी, रोशन गैर, काजल गुरुङ, कृति गिरि, सुमेना श्रेष्ठ, ईश्वर रानाभाट, सुरज काफ्ले, विनोद पौडेल र शर्मिला खनाल रहनु भएको छ।
नयाँ कार्यसमितिले स्याङ्जाली समुदायको हित, नेपाली भाषा–संस्कृतिको संरक्षण र सामाजिक एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनमा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी कार्यकालमा समाजलाई अझ सक्रिय र प्रभावकारी बनाइने निर्बाचित अध्यक्षले बताए ।
About
contact
Date Converter

