+
Side Bar Header Desktop Recovered

लिभिङ टुगेदरमा बस्दै आएका प्रेमिले नेपाल गएर आर्कै बिहे गरेपछि  युवतीले गरिन आत्महत्याको प्रयास

Kyoto Khabar
Posted on 1 year ago

क्योटो, जापान – क्योतोमा अध्ययनरत नेपाली विद्यार्थी युवतीले आत्महत्याको प्रयास गरेकी छिन्। युवतीका नजिकका साथीहरूले दिएको जानकारीअनुसार उनी आफ्नो प्रेमीसँग लामो समयदेखि लिभ-इन रिलेशनशिप मा बस्दै आएकी थिइन्। तर, हालै ती प्रेमी नेपाल गएका बेला अर्को केटीसँग विवाह गरेपछि युवतीले मानसिक तनावका कारण यस्तो कदम उठाएकी हुन्।

दुवैको प्रेमसम्बन्ध Kyoto International गाक्को पढ्दाकै समयमा सुरु भएको थियो। त्यसपछि दुबैजना KCGमा भर्ना भएपछि उनीहरू सँगै बस्न थालेका थिए। यद्यपि, उनीहरूको यो सम्बन्ध केटातर्फ र केटीतर्फका परिवारलाई भने जानकारी थिएन। स्रोतअनुसार, युवती निकै भावनात्मक रुपमा प्रेमीमाथि निर्भर थिइन्। उनीहरू एउटै घरमा बस्दै आएको भए पनि सम्बन्धलाई गोप्य राखिएको थियो। प्रेमीले कुनै जानकारी नदिई नेपालमा अर्को युवतीसँग विवाह गरेको थाहा पाएपछि, युवती गहिरो मानसिक तनावमा परेकी थिइन्।

आत्महत्याको प्रयासपछि उनलाई तुरुन्तै अस्पताल पुर्याइएको थियो र अहिले उनी  खतरामुक्त रहेको छिन। सम्बन्धित निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्। क्योटोमा रहेका नेपाली विद्यार्थी समुदायले घटनाप्रति दु:ख व्यक्त गर्दै, मानसिक स्वास्थ्य र आपसी पारदर्शिताको महत्वबारे सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

Bio