+
Side Bar Header Desktop Recovered

जापानले चामलको मूल्य घटाउन नयाँ योजना ल्यायो, ३० भन्दा बढी कम्पनीले स्टकपाइल चामल खरिद गर्न आवेदन

Kyoto Khabar
Posted on 1 year ago

क्योतो ,जापान
जापान सरकारले चामलको बढ्दो मूल्य नियन्त्रण गर्न हालै सुरु गरेको प्रत्यक्ष बिक्री योजनामा ३० भन्दा बढी प्रमुख कम्पनीहरूले भाग लिएका छन्। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार, सोमबारबाट सुरु गरिएको यो योजनाअन्तर्गत कुल ३ लाख टन चामलको स्टकपाइलमध्ये आधाभन्दा बढी खरिद गर्न ३३ कम्पनीहरूले आवेदन दिएका छन्।

Aeon Co., Don Quijote, र Rakuten Group Inc. जस्ता ठूला खुद्रा विक्रेताहरूले सन् २०२१ र २०२२ मा उत्पादन गरिएको चामल अघिल्लो निलामी प्रणालीको तुलनामा करिब आधा मूल्यमा प्राप्त गर्नेछन्। मंगलबार दिउँसो २ बजेसम्म १५७,०७३ टन चामलका लागि आवेदन प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार चामल जूनको सुरुवातमै बजारमा आइपुग्नेछ।

बढ्दो मागका कारण मन्त्रालयले सन् २०२२ को उत्पादन भएको करिब सबै २ लाख टन चामलको आदेश प्राप्त भएपछि थप आवेदन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बाँकी उपलब्ध चामल अब सन् २०२१ को उत्पादनमा सीमित हुनेछ। कृषि मन्त्री शिन्जिरो कोइजुमीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्। उनले सरकार आवश्यक परे बाँकी सबै स्टकपाइल चामल पनि बिक्री गर्न तयार रहेको बताएका छन्।

Aeon ले करिब २०,००० टन चामल प्रतिकिलो २,००० येन (५ किलोको लागि लगभग १४ अमेरिकी डलर) को दरमा बिक्री गर्ने योजना बनाएको छ। अर्का खुद्रा विक्रेता Mr Max Holdings Ltd. ले भने यस मूल्यभन्दा सस्तो दरमा चामल बेच्नेबारे सोचिरहेको जनाएको छ।

सरकारले आगामी दिनमा प्रत्यक्ष सम्झौताका लागि आवश्यक पात्रता मापदण्डमा पनि सहजता ल्याउने संकेत दिएको छ, जसअनुसार अहिलेका लागि प्रमुख खुद्रा विक्रेतामात्र सीमित रहेकाहरूलाई विस्तार गरी साना खुद्रा पसल र चामल व्यापारीहरूसम्म पु¥याइनेछ।

यसअघि, निलामी प्रणालीमा कृषक सहकारी संस्थाहरूले प्रायः सबै चामल उच्च मूल्य तिरेर किन्न्थे। तर हाल सरकार आफैंले प्रत्यक्ष रूपमा प्रमुख विक्रेताहरूलाई चामल बेच्ने निर्णय गरेको हो। मार्च र अप्रिल महिनामा मात्र ३ लाख १२ हजार टन चामल निलामीमार्फत बिक्री गरिएको थियो भने बाँकी ६ लाख टन स्टकपाइलमध्ये ३ लाख टन अब प्रत्यक्ष सम्झौतामार्फत बिक्री गरिनेछ।

प्रतिक्रिया

Bio