+
Side Bar Header Desktop Recovered

क्योतो किङ्स क्रिकेट क्लबद्वारा भव्य प्रायोजन तथा सम्मान कार्यक्रम सम्पन्न

Kyoto Khabar
Posted on 1 year ago

क्योतो, जापान क्योतो किङ्स क्रिकेट क्लबको आयोजनामा एक भव्य प्रायोजन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्लबका प्रमुख प्रायोजकहरू तथा नेपाली समुदायमा विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरियको थियो।

कार्यक्रमका प्रमुख अतिथि आर्काना संस्थाका सञ्चालक इकेनागा माकोतो  株式会社アルカナ   लाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गरियको थियो । त्यस्तै, क्लबको जर्सी उपलब्ध गराउने सौराहा डाइनिङ का सञ्चालक प्रविन प्रोखेल, क्योटो म: म का सञ्चालक मिलन नाम्बु, क्योटो जक्सन का सञ्चालक नरेश ओली, साथै लोक बहादुर रोक्का, अम्बिका रोक्का, र युट्युबर अर्जुन भुसाल लाई पनि सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

क्लबका प्रतिनिधिहरूले जापानमा रहेका नेपालीहरूबीच खेलकुदको माध्यमबाट एकता, सहयोग, र सामाजिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

साथै, आगामी दिनहरूमा अझ व्यापक स्तरमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा नेपाली समुदायका अगुवा, सञ्चारकर्मी, खेलप्रेमी तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Bio