+
Side Bar Header Desktop Recovered

ओसाकामा भारतीय पुरुषमाथि छुरा प्रहार, एक जापानी युवक पक्राउ

Kyoto Khabar
Posted on 1 year ago

पश्चिमी जापानको ओसाका शहरमा शुक्रबार एक भारतीय पुरुषमाथि छुरा प्रहार भएको घटना सार्वजनिक भएको छ। घटनामा पीडित पुरुष सामान्य रूपमा घाइते भएका छन् भने प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार करिब ३० वर्ष उमेरका भारतीय पुरुषलाई एक ३४ वर्षीय जापानी युवकले सडकमा हिँडिरहेको अवस्थामा टाउकोमा छुरा प्रहार गरेका थिए। घटनापछि पीडितले स्वयं प्रहरीलाई फोन गरेर खबर गरेका थिए। उनलाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो।

प्रहरीले आक्रमणकारीलाई हत्या प्रयासको आशंकामा घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार दुवै व्यक्तिबीच कुनै व्यक्तिगत चिनजान नभएको हुन सक्ने अनुमान गरिएको छ।

ओसाका प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र आक्रमणको कारण खुलाइएको छैन।

प्रतिक्रिया

Bio