+
Side Bar Header Desktop Recovered

नेपाली विद्यार्थीको कोठामा आगलागी, सबै सामग्री जलेर नष्ट

Kyoto Khabar
Posted on 1 year ago

चिबा,आज बिहान करिब १०:३० बजे नेपालि  विद्यार्थीहरूको कोठामा अचानक आगलागी भएको छ। आगलागी हुँदा कोठामा कोही पनि नभएकाले ज्यानको क्षति नभए पनि, उनीहरूको शरीरमा भएको लुगा बाहेक सम्पूर्ण सामग्री—पढाइका किताब, लुगाफाटा, इलेक्ट्रोनिक उपकरण लगायत—पूरै जलेर नष्ट भएको छ। घटनास्थलमा पुग्दा उनीहरू गहिरो मानसिक त्रासमा थिए र सुरक्षाकर्मीबाट सोधपुछ भइरहेको थियो।

आगलागीको कारण अझै यकिन भइसकेको छैन, तर प्रारम्भिक अनुमान अनुसार सर्ट सर्किट वा तताउने उपकरणबाट भएको हुनसक्ने देखिएको छ। घटनापछि सिटी अफिससँग सम्पर्क गरिएको छ र भोलि केही राहत वा सहयोग प्राप्त हुने आशा गरिएको छ। सम्बन्धित निकायसँग भेटघाटको समय पनि तय भइसकेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

Bio