टोकियोमा सम्पन्न बागलुङ समाज जापानको दोस्रो नियमित बैठकले अनिलकुमार निर्दोषलाई प्रवक्तामा मनोनित गरेको छ। समाजका महासचिव सचिन आचार्यका अनुसार कला तथा साहित्यमा सक्रिय निर्दोष यसअघि अनेसास जापानका महासचिव तथा बागलुङ समाज जापानको कार्यसमिति सदस्यको रूपमा कार्यरत हुनुहुन्थ्यो।
समाजको बैठकले संरक्षक, सल्लाहकार तथा रिक्त पदहरूमा समेत नयाँ मनोनयन गरेको छ। अध्यक्ष गुरु प्रसाद सापकोटाका अनुसार संरक्षकमा दीपक सुवेदी, राजविन थापा, सिद्धार्थ श्रेष्ठ, डिपी कँडेल, महेश कुमार श्रेष्ठ, नरबहादुर थापा, रामकृष्ण बम मल्ल, र यमकान्त कँडेललाई चयन गरिएको छ।
पाँचौं कार्यकालका लागि रिक्त रहेको सदस्य पदहरूमा हिरा श्रीस, मदन शर्मा, दयाराम कँडेल, समीना खड्का लोहनी, लाल थापा, र सुरज केसीलाई मनोनित गरिएको छ। साथै, जापानमा रहेका बागलुङ जिल्लाका विभिन्न क्षेत्रका करिब दुई दर्जन प्रतिष्ठित व्यक्तित्वहरूलाई समाजको सल्लाहकारका रूपमा चयन गरिएको छ।
यसैबीच, समाजले चैत्राष्टमी मेलाको अवसर पारेर आगामी अप्रिल ५ मा टोकियोको शिनओकुबोस्थित रोयल गार्डेन रेस्टुरेन्टमा शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ। कार्यक्रमलाई प्रभावकारी बनाउन प्रचारप्रसार तथा व्यवस्थापनलाई तीव्र पारिएको उपाध्यक्ष रामु खत्रीले जानकारी दिनुभयो।
About
contact
Date Converter

