क्योटोको चर्चित सपिङ मल क्योटो अवान्ती को भुइँतलालाई पुनःसंरचना गर्दै “अबाचिका” नामकरण गरिएको छ। यो स्थानलाई शोवा युगको पुरानो शैली र आधुनिक सौन्दर्यको संयोजन गरी आकर्षक बनाइएको छ। पुनःनिर्माणपछि, अब यो ठाउँ सप्ताहन्तका विशेष कार्यक्रमहरू तथा सामाजिक जमघटका लागि प्रयोग गरिनेछ।
यसको सुरुवातस्वरूप, आगामी मार्च २१ (शुक्रबार) र मार्च २२ (शनिबार), २०२५ मा विशेष बार इभेन्ट “SHOWA 100th Abachika Bar Night” आयोजना गरिँदैछ। साँझ ५:०० बजे देखि १०:०० बजे सम्म चल्ने यस इभेन्टमा व्यावसायिक बारटेन्डरहरू द्वारा विशेष ककटेल, शोवा युगको पारम्परिक बार मेनु, तथा स्ट्रीट परफर्मर IZUMA द्वारा जादू प्रदर्शन प्रस्तुत गरिनेछ। साथै, ह्याप्पी आवर (५:०० – ७:०० PM) को समयमा ड्राफ्ट बियर मात्र २०० येन मा उपलब्ध हुनेछ।
इभेन्टमा सहभागी हुन १,००० येन (कर सहित) को बार टिकट खरिद गर्नुपर्नेछ, जसमा ५ वटा (प्रत्येक २०० येन) कुपन समावेश हुनेछन्। भुक्तानी नगदमा मात्र स्वीकार गरिने भएकाले सहभागीहरूले सोही अनुसार तयारी गर्नुपर्नेछ। थप जानकारीका लागि क्योटो अवान्तीको आधिकारिक वेबसाइट अवलोकन गर्न सकिन्छ।
About
contact
Date Converter

