ओसाका, जापान – ओसाका विश्व प्रदर्शनी २०२५ को उद्घाटन अब मात्र दुई महिनापछि हुने तयारीमा छ, तर मण्डप (प्याभिलियन) निर्माणमा भइरहेको ढिलाइ आयोजकहरूका लागि ठूलो चुनौती बनेको छ।
प्रदर्शनी स्थलमा प्रमुख आकर्षणको रूपमा रहेको भव्य ग्रान्ड रिङ काठको छाना संरचनाको निर्माण पूरा भइसकेको छ। हाल ठेकेदारहरू यसका प्रोमेनेड (पैदलमार्ग) वरिपरि हरियाली सजाउने अन्तिम चरणमा छन्।
यो विश्वस्तरीय प्रदर्शनी अप्रिल १३ देखि अक्टोबर १३ सम्म सञ्चालन हुनेछ, जसमा २८ मिलियनभन्दा बढी आगन्तुकहरूको उपस्थिति अपेक्षित छ। ती भिडलाई व्यवस्थित गर्नका लागि केन्द्रीय ओसाका जोड्ने नयाँ रेल स्टेशन हालै खुलाइएको छ। यो स्टेशन युमेशिमा कृत्रिम टापुस्थित प्रदर्शनी स्थलमा रहेको छ र यसले दैनिक १,३३,००० यात्रु ओसारपसार गर्न सक्नेछ।
आयोजकहरू एक्सपोको समयमै उद्घाटन गर्न लागि परेका छन्, तर कतिपय विदेशी मण्डपहरूको निर्माण कार्य अझै सुस्त गतिमा रहेको छ।
About
contact
Date Converter

