ओसाकामा सम्पन्न पर्वत समाज जापान कान्साई समितिको भेलाबाट नयाँ कार्यसमिति गठन गरिएको छ। समितिको संयोजकमा सन्तोष लामिछाने चयन हुनुभएको छ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।त्यस्तै कार्यक्रमको सभापती पर्वत समाज जापानका केन्द्रिय अध्यक्ष
अध्यक्ष राम बास्तोलाले गरेका थिए । त्यसैगरी विशिष्ट अतिथिहरूमा निवर्तमान एनआरएनए जापान उपाध्यक्ष कृष्ण गैरे तथा एनआरएनए जापानका उपाध्यक्ष दिलिप कडेलले आ–आफ्नो धारणा राख्दै नवनियुक्त कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
समितिको उप–संयोजकमा विनोद केडेल र सन्तोष चापागाईं चयन हुनुभएको छ। सचिवको जिम्मेवारी राम शरण पोखरेललाई दिइएको छ भने सह–सचिवमा शंकर सुवेदी चयन हुनुभएको छ।
त्यसैगरी समितिको कोषाध्यक्षमा संध्या पौडेल चयन हुनुभएको छ। सदस्यहरूमा दिपा सापकोटा लामिछाने, विश्वास भुसाल, भिमा न्यौपाने, राम प्रसाद सुवाल, अनिल अधिकारी, शिव रिजाल र शिव पौडेल चयन हुनुभएको छ।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पर्वत समाजको उद्देश्यअनुसार एकताबद्ध भई जापानको कान्साई क्षेत्रमा रहेका पर्वतवासी नेपालीहरूको हक–हित संरक्षण, आपसी सद्भाव र सामाजिक एकता प्रवर्द्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समितिले आगामी दिनमा संगठनात्मक सुदृढीकरणसँगै सामाजिक, सांस्कृतिक तथा सहयोगमूलक गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।
About
contact
Date Converter

