+
Side Bar Header Desktop Recovered

सेभेन सामुराई गोल्ड कप २०२६ को उपाधि मोना सिजुओकालाई, आयोजक सिजुओका युनाइटेड उप–विजेता

Kyoto Khabar
Posted on 6 days ago

सिजुओका, जापान  Shizuoka United को आयोजनामा सम्पन्न Seven Samurai Gold Cup 2026 को उपाधि मोना सिजुओकाले उचालेको छ। रोमाञ्चक फाइनल खेलमा आयोजक टोलीलाई पराजित गर्दै मोना सिजुओकाले उत्कृष्ट प्रदर्शनका साथ ट्रफी आफ्नो नाममा लेखाएको हो। प्रतिस्पर्धात्मक खेलले दर्शकहरूलाई अन्तिम समयसम्म उत्साहित बनाएको थियो।

समापन समारोह क्लबका अध्यक्ष कैलाश थापाको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा टाइटल स्पोन्सर Seven Samurai International का CEO तथा NRNA Asia Pacific युथ को कोर्डीनेटर  रेशम कुमार डंगोल सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिमा NRNA एसिया प्यासिफिक संयोजक डा. बलराम श्रेष्ठ रहनुभएको थियो। साथै ANFA Japan का अध्यक्ष शिव खड्का, NRNA सिजुओकाका संयोजक सुमन पौडेल, पूर्व संयोजकद्वय राजु डंगोल र रमेश भण्डारीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत रूपमा सम्मान गरिएको थियो। बेस्ट किपर राजु तामाङ, बेस्ट प्लेयर अनिल मोक्तान र हाइएस्ट स्कोरर अशोक नेपाली घोषित भए। विभिन्न संघ–संस्था र व्यक्तिहरूको आर्थिक तथा भौतिक सहयोगमा सम्पन्न प्रतियोगिताले जापानमा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र भाइचारा बलियो बनाएको आयोजकको दाबी छ।

प्रतिक्रिया

Bio