टोकियो, अक्टोबर २६ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले ११७औं महाकवि लक्ष्मी जयन्तीको अवसरमा आयोजना गरेको ७७औं नियमित साहित्य शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम जापानको टोकियोस्थित शिनओकुबोको सोल्मारी हलमा भव्य रूपमा सम्पन्न भएको थियो।
कार्यक्रममा साहित्यपोस्ट एप्लिकेशनको औपचारिक उद्घाटन, खुला रचना वाचन, तथा स्वागत र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो। प्रमुख अतिथिको रूपमा उपस्थित साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले एप्लिकेशनको शुभारम्भ गर्दै नेपाली साहित्यलाई प्रविधिसँग जोड्ने यो पहल ऐतिहासिक कदम भएको बताउनुभयो।
साहित्यिक कार्यक्रमका क्रममा उपस्थित स्रष्टा तथा सहभागीहरूले कविता, गजल, वाचन गरी कार्यक्रमलाई समृद्ध बनाएका थिए। सहभागीहरूको उत्साहपूर्ण उपस्थितिले जापानस्थित नेपाली साहित्यिक परिवेशमा नयाँ उर्जा र प्रेरणा थपेको आयोजकले जनाएको छ।
व्यस्त समयसत्ता पनि उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा जापानभरिबाट आएका साहित्य प्रेमी, स्रष्टा र समुदायका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमको गरिमा अझ बढाएको थियो।
अनेसास जापान च्याप्टरका पदाधिकारीहरूले सम्पूर्ण अतिथि र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता साहित्यिक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
About
contact
Date Converter

