ओसाका, एनआरएनए जापानको आइसिसी चुनाव तयारीक्रममा क्षेत्रीय समिति संयोजक भीम काउचाले डेलिगेसन प्रक्रियाप्रति आपत्ति जनाएका छन्। उनले राजनीतिक भातृ संगठन, केन्द्रीय समिति र क्षेत्रीय समिति बीचको समन्वय अस्पष्ट भएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन्।
उनका अनुसार, डेलिगेट सूची बुझाउने विषयमा पारदर्शिता नदेखिएकोले क्षेत्रीय समितिको अधिकार कमजोर पार्ने प्रयास भइरहेको आभास मिलेको छ। काउचाले निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न निर्वाचन समितिको स्पष्ट दिशानिर्देश आवश्यक रहेको बताएका छन्।
About
contact
Date Converter

