+
Side Bar Header Desktop Recovered

जापानमा राष्ट्रिय साइबर रणनीति तीव्र बनाउने तयारी, प्रधानमन्त्रीको अध्यक्षतामा नयाँ मुख्यालय गठन

Kyoto Khabar
Posted on 12 months ago

टोकियो  आज जापान सरकारले नयाँ “साइबर सुरक्षा रणनीति मुख्यालय” गठन गरेको छ, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन्। यस उच्चस्तरीय बैठकमा सबै मन्त्रीहरूको सहभागिता रहेको थियो।

यसका साथै, साइबर सुरक्षासम्बन्धी उपायहरूका लागि समन्वयकारी निकायको रूपमा कार्य गर्ने “नेशनल साइबर कन्ट्रोल अफिस” मन्त्रिपरिषद् सचिवालय अन्तर्गत स्थापना गरिएको छ। यो कार्यालय साइबर सुरक्षामा नेतृत्वदायी भूमिकामा रहनेछ।

हालै पारित “साइबर क्षमतामा सुधार सम्बन्धी ऐन” (Cyber Coping Capabilities Enhancement Act) लाई आधार मानेर, जापान सरकारले यो वर्षभित्रै नयाँ राष्ट्रिय साइबर रणनीति निर्माणको कार्यलाई तीव्र बनाउने घोषणा गरेको छ।

सरकारको लक्ष्य साइबर खतराहरूविरुद्धको क्षमतामा थप मजबूती ल्याउनु हो।

प्रतिक्रिया

Bio