कर्णाली प्रदेश समाज कान्साईले आफ्नो तेर्सो अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट झरेन्द्र कुमार कवरको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो। अधिवेशनमा सहभागिता जनाउने सबै सदस्य, पाहुना तथा शुभेच्छुकहरूले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा झरेन्द्र कुमार कवर चयन भएका छन्। भने उपाध्यक्षमा अम्मर सेजुवाल, लोक मान पुन मगर र सुरक्षा शाही चयन हुनुभएको छ। सचिवमा प्रकाश रसाइली र सह-सचिवमा गणेश सिंह ठकुरी तथा तारा रावल चयन भए ।
कोषाध्यक्षको जिम्मेवारी नित्या खड्काले समाल्दै छन् भने सह-कोषाध्यक्षको रूपमा शान्ति ठकुरी रहनुहुनेछ। यसका साथै कार्यसमितिमा १३ जना सदस्यहरू समेत चयन भएका छन्, जसमा कोपिला बम ठकुरी, मुक्ति सुवेधी, शुस्मिता शाही, चन्द्र बुढा क्षेत्री, बेशन भण्डारी, सुजन पुनमगर, अन्जली शाही ठकुरी, चक्र बहादुर विक, सुनिता शाही, सेतु बम, कल्पना, र निर्मल बुढाथोकी चयन भएका छन् ।
सल्लाहकारको भूमिकामा दिलिप कंडेल, डा. भरत सिंह नेगी, नरेश ओली र रविन्द्र शाही चयन भएका छन्।
नयाँ नेतृत्वद्वारा आगामी कार्यकालमा समाजको एकता, प्रवासी नेपाली समुदायको हकहित, तथा नेपाली संस्कृति र भाषा प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गरिने अपेक्षा गरिएको छ।
About
contact
Date Converter

