ओसाका, २०२५ मे ३१ – जापानको कन्साई क्षेत्रमा आयोजना गरिएको चर्चित इंटर कन्साई फुटसल टुर्नामेन्ट २०२५ को उपाधि स्टार एफ.सी. ओसाकाले जित्न सफल भएको छ। कडा प्रतिस्पर्धाबीच सम्पन्न भएको यस प्रतियोगितामा स्टार एफ.सी. ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दै अन्ततःक्योतो नेपालि ग्रुपलाई हराएर उपाधि हात पार्न सफल भयो ।
प्रतियोगिता ओसाकाको र्योकुचिकोएन, त्सुरुमी वार्ड मा आयोजित भएको थियो। स्टार एफसी ओसाकाले उपाधिसँगै नगद ¥२२२,२२२ (जापानी येन) पुरस्कार प्राप्त गर्यो। उपविजेता बनेको क्योटो नेपालि ग्रुपले ¥१११,१११ प्राप्त गर्यो।
प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने उत्कृष्ट गोलरक्षक असिम थापा , उत्कृष्ट खेलाडी सुवर्न अधिकारि ,सर्वाधिक गोलकर्ता पुनम बुढाथोकि सम्मानित भए । स्टार एफ.सी. ओसाकाको यो ऐतिहासिक जितले जापानमा रहेका नेपाली समुदायबीच खेलकुदप्रतिको रुचि, सौहार्दता र एकताको भावना अझ सशक्त बनाएको छ।
About
contact
Date Converter

