+
Side Bar Header Desktop Recovered

ग्लोबल फोरम जापानद्वारा टोकियोमा जातीय भेदभाव अन्त्यका लागि अन्तरसंवाद कार्यक्रम हुने

Kyoto Khabar
Posted on 1 year ago

टोकियो, जापान — प्रवासी नेपाली समाजमा समतामूलक सोच प्रवर्धन गर्ने उद्देश्यले ग्लोबल फोरम जापानले आगामी २०८२ साल जेठ २५ गते “जातीय भेदभावको अन्त्य, समानताको उदय राष्ट्रिय दिवस” को अवसरमा विशेष कार्यक्रमको आयोजना हुदै छ  ।

कार्यक्रममा शुभकामना आदानप्रदान तथा आहुतिसँग अन्तरसंवाद आयोजना गरिनेछ। समतामूलक समाज निर्माणको सन्देश बोकेको यो कार्यक्रम सोलमारी, सिनओकुबो, टोकियोमा हुने जानकारी आयोजकले दिएका छन्।

“प्रवासी नेपालीको संकल्प: समतामूलक समाज, एकमात्र विकल्प” भन्ने नाराका साथ हुने कार्यक्रमले जातीय विभेदविरुद्धको अभियानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

ग्लोबल फोरम जापानले सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई समावेशी विचार र समानताको पैरवी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Bio