+
Side Bar Header Desktop Recovered

कोबेको पार्कमा किम्बु टिपेको आरोपमा एक नेपाली पक्राउ, पछि रिहा

Kyoto Khabar
Posted on 1 year ago

कोबे, जापान – मे २५, २०२५
जापानको कोबे शहरस्थित एक सार्वजनिक पार्कमा किम्बु टिपेको आरोपमा एक नेपाली नागरिकलाई जापानी प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, उक्त नेपालीले ‘हागा’ भाच्ने ,लरकाउने गरेको  देखेर स्थानीय जापानी नागरिकले प्रहरीमा उजुरी दिएका थिए।

स्थानीय बासिन्दाको उजुरीपछि प्रहरी घटनास्थलमा पुगेको र उनलाई केहीबेर सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार, गम्भीर अपराध नभएको र कुनै कानुनी मुद्दा नउठ्ने देखिएकोले प्रारम्भिक सोधपुछपछि ती नेपाली नागरिकलाई रिहा गरिएको हो।

यस घटनाप्रति जापानमा बसोबास गर्ने नेपाली समुदायले सतर्कता अपनाउनुपर्ने बताउँदै सार्वजनिक स्थानमा हुने गतिविधिमा विशेष ध्यान दिन आग्रह गरेका छन ।

प्रतिक्रिया

Bio