धादिङ जिल्लाबाट स्थायी रूपमा जापानको कान्साई क्षेत्रमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समेट्दै, धादिङ समाज जापान कान्साई शाखाले दोस्रो अधिवेशन यही २०२५ मे २५ तारिखका दिन ओसाकामा आयोजना गर्ने निर्णय गरेको छ।
कार्यक्रमका लागि स्थान र मिति तय भइसकेको समाजले जानकारी दिएको छ। अधिवेशनमा कान्साई क्षेत्रमा क्रियाशील संघ–संस्था, समाजसेवी, पत्रकार लगायत सबैलाई औपचारिक रूपमा निमन्त्रणा गरिसकिएको छ।
धादिङ समाज कान्साई शाखाका अनुसार, जापानमा विद्यार्थी भिसामा आएका नेपाली विद्यार्थीहरूले भोग्नुपर्ने समस्याहरू समाधान गर्न समाज सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धताका साथ काम गरिरहेको छ।
त्यस्तै, स्वास्थ्य समस्याबाट पीडित नेपाली तथा कठिन परिस्थितिमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यसहित समाजले सबै नेपालीहरूको सुख–दुःखमा साथ रहने अठोट पनि दोहोर्याएको छ।
About
contact
Date Converter

