क्योतोस्थित Hotel Live Max मा बेड मेकिङको काम गर्दै आएका नेपाली महिला अम्बिका र सीता (नाम परिवर्तन )बीच सामान्य विवाद चर्किँदा हात हालाहालको घटना भएको छ।
दुवैजनाले बराबरी रुम बाँडेर एउटै तलामा काम गर्ने क्रममा अम्बिकाले सिताको स्टे रुम गरिदिएको विषयमा विवाद सुरु भएको थियो। सोही निहुँमा भनाभन बढेर कुटाकुटसम्म पुगेको हो। हात हालाहाल भएको देखेपछि होटेलको फ्रन्ट डेस्कका कर्मचारीहरू आएका थिए। घटनापछि व्यवस्थापनले अनुशासन उल्लङ्घन भएको भन्दै दुवैजनालाई कामबाट हटाएको छ।
यस घटनाले विदेशमा सँगै काम गर्ने नेपालीबीच आपसी समझदारी र संयम आवश्यक रहेको देखाएको छ।
About
contact
Date Converter

