+
Side Bar Header Desktop Recovered

जापानमा पर्यटन पुनः तीव्र, विदेशी आगन्तुकको संख्या रेकर्ड उच्च

Kyoto Khabar
Posted on 1 year ago

जापानमा पर्यटन पुनः तीव्र, विदेशी आगन्तुकको संख्या रेकर्ड उच्च

टोकियो, जापान — जापानमा महामारीपछिको पर्यटन क्षेत्र तीव्र गतिमा पुनः बृद्धि हुँदै गएको देखिएको छ। जापान राष्ट्रिय पर्यटन संगठन (JNTO) का अनुसार, अप्रिल २०२५ मा विदेशी पर्यटकको आगमन संख्या ३२ लाख नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८% वृद्धि हो।

विशेष गरी दक्षिण कोरिया, चीन, अमेरिका र थाईल्यान्डबाट धेरै पर्यटकहरू जापान भ्रमणमा आएका छन्। क्योटो, ओसाका, टोकियो र होक्काइडो प्रमुख गन्तव्यका रूपमा चर्चित छन्। जापानी संस्कृति, परम्परा, प्राविधिक विकास र खाना विदेशी पर्यटकहरूलाई आकर्षित गरिरहेका छन्।

सरकारले डिजिटल भिसा प्रणाली सरल बनाएर र अन्तर्राष्ट्रिय उडानहरू बढाएर पर्यटन प्रवर्द्धन गरिरहेको बताइएको छ। स्थानीय व्यवसायी र होटल उद्योगले यसलाई सकारात्मक अवसरका रूपमा लिएका छन्।

“हामीलाई यस्तो ब्यस्तता महामारी अघिपछि पहिलो पटक देखिएको हो,” क्योटोको एक होटल सञ्चालकले बताए।

सरकारको लक्ष्य सन् २०२५ को अन्त्यसम्म ४ करोड पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

Bio