क्योतोस्थित विभिन्न जापानी भाषा स्कूलहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू पछिल्लो समय पार्ट-टाइम काम पाउन निकै संघर्ष गरिरहेका छन्। जापानी भाषा पर्याप्त नआउनु, अनुभवको अभाव, र रोजगारीको लागि बढ्दो प्रतिस्पर्धाका कारण विद्यार्थीहरू आर्थिक तनावमा परेका छन्। कतिपयले महिनौंसम्म प्रयास गर्दा पनि काम नपाएको गुनासो गरेका छन्।
विशेष गरी ARC Academy Kyoto, ISI Language School Kyoto, र Kyoto International Academy (KIA) मा पढिरहेका नेपाली विद्यार्थीहरूले काम खोज्न धेरै प्रयास गर्नुपरेको छ। Human Academy, Kyoshin Language Academy, र JCL Foreign Language Academy मा पनि यस्तै स्थिति देखिएको छ। विद्यार्थीहरू भन्छन्, “स्कुलमा पढाइ त राम्रो छ, तर काम नपाउँदा घरको खर्च, भाडा, र खानपान व्यवस्थापन गर्न गाह्रो भएको छ।”
Kyoto JaLS, Kyoto Minsai, KICL, र Kyoto YMCA मा पढ्ने विद्यार्थीहरूले पनि कामको अवसर सीमित भएको बताएका छन्। केही स्कूलहरूले काम खोज्न सहयोग गर्छन् भने पनि भाषा र समयको तालमेल नमिल्दा धेरैजसो कामको प्रस्ताव छुटिरहेको छ। काम नपाउँदा केही विद्यार्थी मानसिक तनावमा परेका छन् भने केहीले नेपाल फर्कने सोच समेत बनाएका छन्।
About
contact
Date Converter

