+
Side Bar Header Desktop Recovered

ओसाकामा भोलि ‘कुमा सागर एण्ड द ख्वोपा’ को धमाकेदार कन्सर्ट हुदै

Kyoto Khabar
Posted on 1 year ago

 

जापानको ओसाकामा यही आउँदो मे ९ भोलि, २०२५ (शुक्रबार) का दिन ‘स्माइल्स मोबाइल रेमिट्यान्स म्युजिक टुर २०२५’ अन्तर्गत चर्चित नेपाली ब्यान्ड कुमा सागर एण्ड द ख्वोपा को भव्य सांगीतिक कन्सर्ट आयोजना हुने भएको छ। डोजिमा रिभर फोरम मा आयोजना हुने यो कन्सर्टको ढोका अपरान्ह ४:३० बजे खोलिनेछ र कार्यक्रम साँझ ५:३० बजेबाट सुरु हुनेछ।

कार्यक्रमको मुख्य प्रायोजक स्माइल्स मोबाइल रेमिट्यान्स रहेको छ। साथै, क्योटो मो:मो कार्यक्रमको इभेन्ट पार्टनर, र साथी भाई रेस्टुरेन्ट तथा सोल्टी मो:मो फुड पार्टनरका रूपमा रहेका छन्। टिकट दर प्रि-अर्ली बर्ड ¥४,०००, अर्ली बर्ड ¥५,०००, साधारण टिकट ¥६,००० र कार्यक्रमकै दिनको लागि ¥७,००० तोकिएको छ।

नेपाली संगीतलाई जापानको नेपाली समुदायसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई विशेष बनाउन विभिन्न नेपाली कलाकारहरूको प्रस्तुतिसमेत रहने आयोजकहरूले जनाएका छन्। कार्यक्रमबारे थप जानकारीका लागि अमृत लिम्बु, ओगाइन लिम्बु, अर्जुन श्रेष्ठ, सबिन गौचन तथा क्योटो मो:मो पसलमा सम्पर्क गर्न सकिनेछ।

 

प्रतिक्रिया

Bio