+
Side Bar Header Desktop Recovered

शुभयात्रा कलेक्सनको नयाँ आउटलेट नयाँ बानेश्वरमा सञ्चालनमा

Kyoto Khabar
Posted on 1 year ago

शुभयात्रा कलेक्सन प्रालिले आफ्नो दोस्रो शाखा काठमाडौंको नयाँ बानेश्वरमा विस्तार गरेको छ। अन्तर्राष्ट्रिय अध्ययनको लागि जापानदेखि विभिन्न देश जान लाग्ने विद्यार्थीहरूलाई लक्षित गर्दै कम्पनीले आवश्यक सम्पूर्ण सामग्री एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यसहित नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो।

कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ शाखामा लत्ताकपडा, भाँडाकुडा, इलेक्ट्रोनिक्स सामान, जुत्ता, ब्यागेज, स्टेशनरी लगायतका सामग्री उपलब्ध छन्। विदेशमा उच्च शिक्षा हासिल गर्न तयारी गरिरहेका विद्यार्थीहरूका लागि अत्यावश्यक सबै सामान एकै ठाउँमा सहज रूपमा पाइने व्यवस्था गरिएको छ।

यस आउटलेटमा सफारी, गोल्डस्टार, ३६५, एलभीडी लगायतका चर्चित ब्रान्डका वस्तुहरू पनि उपलब्ध छन्। नयाँ शाखा उद्घाटनको अवसरमा कम्पनीले स्पिनिङ ह्वीलमार्फत ७५ प्रतिशतसम्मको छुट योजना पनि ल्याएको छ, जुन एक सातासम्म लागू हुनेछ।

शुभयात्रा कलेक्सनले करिब २ वर्ष अघिदेखि काठमाडौंको पुतलीसडकमा आफ्नो पहिलो शाखा सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूको मागलाई ध्यानमा राख्दै कम्पनीले भविष्यमा अन्य स्थानहरूमा पनि शाखा विस्तार गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

Bio