क्योटो, जापान – क्योटो फ्रेन्ड्स युनाइटेडको आयोजनामा सम्पन्न दोश्रो क्योटो कप २०२५ मा स्टार एफसी ओसाका ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ।
२०२५ अप्रिल ५, शनिबार फुटसल स्क्वायर क्योटो मिनामी मा सम्पन्न प्रतियोगितामा २१ टिम सहभागी भएका थिए। दिनभर चलेका रोमाञ्चक प्रतिस्पर्धापछि स्टार एफसी ओसाका र अल स्टार टोकियो फाइनल खेलमा आमनेसामने भएका थिए।
उत्कृष्ट समन्वय र दमदार खेल प्रदर्शन गर्दै स्टार एफसी ओसाका ले दोश्रो क्योटो कपको उपाधि आफ्नो नाममा गर्न सफल भयो। विजेता टिमले नगद ४ लाख १ हजार येन तथा उपविजेता टिम अल स्टार टोकियो ले २ लाख १ हजार येन पुरस्कार प्राप्त गरे। साथै श्रेष्ठ गोलरक्षक, श्रेष्ठ खेलाडी, र उच्च गोलकर्ता जस्ता व्यक्तिगत विधामा पनि पुरस्कार वितरण गरियको थियो।
प्रतियोगिताको उद्देश्य जापानमा रहेका नेपाली समुदायबीच मित्रता, खेलकुदप्रतिको उत्साह र सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएका छन्।
About
contact
Date Converter

