+
Side Bar Header Desktop Recovered

क्योतो कप २०२५ का लागि क्योतो पब एण्ड मिलन बारको समर्थन

Kyoto Khabar
Posted on 1 year ago

क्योतो फ्रेन्ड्स युनाइटेड क्लबद्वारा आयोजना हुने दोस्रो क्योतो कप २०२५ का लागि क्योतो पब एण्ड मिलन बार ले प्रायोजन प्रदान गरेको छ। क्लबले यस महत्वपूर्ण सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहकार्य जारी रहने विश्वास व्यक्त गरेको छ।

जापानमा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट एकता र सद्भाव कायम गर्न क्योतो कपजस्ता प्रतियोगिता अत्यन्त प्रभावकारी मानिन्छन्। क्योतो पब एण्ड मिलन बार को सहयोगले प्रतियोगितालाई अझ भव्य र सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

आयोजक टोलीले सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा नेपाली समुदायका लागि अझ धेरै उपलब्धिहरू हासिल गर्न सँगै अघि बढ्ने प्रतिबद्धता जनाएको छ। यस्ता सहकार्यहरूले जापानस्थित नेपाली समाजमा खेलकुदको महत्व अझ बढाउने निश्चित छ।

प्रतिक्रिया

Bio