टोकियो, जापान – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले ७४ औं नियमित साहित्यिक श्रृङ्खलाको रूपमा ‘समुन्द्रमाथि साहित्यिक यात्रा’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अप्रिल २७, २०२५ मा सारुसीमा टापु, योकोसुकामा बिहान १०:३० बजे हुनेछ।
यस विशेष साहित्यिक यात्रामा नेपाल तथा जापानमा रहेर साहित्य साधना गरिरहेका स्रष्टाहरू सहभागी हुने अपेक्षा गरिएको छ। समुन्द्रको मनोरम वातावरणमा साहित्यिक सिर्जनाहरू वाचन गरिने र साहित्यिक छलफल गरिनेछ।
कार्यक्रमबारे अनेसास जापानका अध्यक्ष अरुण पौडेलले भने, “नेपाली साहित्यलाई विश्वभर फैलाउने हाम्रो प्रयास निरन्तर जारी छ। समुन्द्रमाथि साहित्यिक यात्रा भनेको सिर्जनाको सागरमा डुबुल्की मार्ने अनुपम अवसर हो। यसले नेपाली साहित्यकारहरूलाई नयाँ अनुभव दिलाउनेछ र हामी सबैलाई अझ नजिक ल्याउनेछ।”
अनेसास जापानले लामो समयदेखि नेपाली साहित्यलाई प्रवर्द्धन गर्दै आइरहेको छ। यस पटकको कार्यक्रमले नेपाली साहित्यप्रेमीहरूलाई नयाँ अनुभव प्रदान गर्ने आयोजकहरूको विश्वास राखेका छन्।
About
contact
Date Converter

