क्योटोमा कार्यरत एक नेपाली कुक आफ्नो वैवाहिक जीवनमा परेको ठूलो संकटबारे खुलासा गर्दै भन्छन्, “म एक वर्षअघि जापान आएको थिएँ, तर मेरी श्रीमती मात्र दुई महिना अगाडि नेपालबाट आइन्। आउँदा नै उनी दुई महिनाकी गर्भवती थिइन्!”
उक्त पुरुषले Kyoto Khabar संग कुरा गर्दै आफू धोका खेप्नुपरेको गुनासो गरे। “मैले श्रीमतीलाई यति माया गरें, भविष्य बनाउने सपना देखेँ, तर उनले नेपालमै अर्कैसँग सम्बन्ध राखेर गर्भ बोकेर आइन्। म बर्बाद भएँ।
यस घटनाले जापानमा कार्यरत नेपाली कामदारहरूबीच चर्चाको विषय बनिरहेको छ। वैदेशिक रोजगारका कारण पतिपत्नीबीचको टाढाको सम्बन्धले यस प्रकारका घटनाहरू बढ्दै गएको कतिपयको भनाइ छ। पीडित श्रीमान् अब के गर्ने भन्ने अन्योलमा छन्।
About
contact
Date Converter

