जापानको चिबा स्थित ग्योतोकु बस्दै आएका ३५ वर्षीय एक नेपाली करोडौं रकम उठाएर फरार भएका छन्। नवलपरासी (पश्चिम) जिल्ला स्थायी ठेगाना भएका उनले विभिन्न व्यक्तिहरूबाट १२ करोड येन संकलन गरेका थिए।
पीडितहरूका अनुसार, उनले “आपत पर्यो” भन्दै रकम मागेर विश्वास दिलाए पनि पछि सम्पर्कविहीन भएका हुन्। केही पीडितले लाखौं नगद दिएका थिए भने “एक-दुई दिनमै फर्काउँछु” भनेका व्यक्ति अहिले बेपत्ता रहेका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
About
contact
Date Converter

