+
Side Bar Header Desktop Recovered

टोकियोमा अबैध पुनःनिर्माण कार्यमा संलग्न गिरोहका चार जना पक्राउ

Kyoto Khabar
Posted on 1 year ago

 

टोकियो महानगरीय प्रहरी विभाग (MPD) ले अबैध पुनःनिर्माण कार्यमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ४९ वर्षीय कानेयुकी शिमिजु मुख्य योजनाकार मानिएका छन्, जसले “शिमिजु-काइ” नामक समूह सञ्चालन गर्दै पाँच वर्षमा १० अर्ब येन (६७.५ मिलियन अमेरिकी डलर) को ठगी गरेका थिए। समूहले अनावश्यक निर्माण कार्यका लागि ठगीपूर्ण सम्झौता गराउँदै ५०–६० वर्ष उमेर समूहका मानिसहरूलाई लक्षित गर्ने गरेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार, शिमिजु सामाजिक सञ्जालमा “सुपर स्यालरीम्यान शिमिजु” को रूपमा परिचित थिए, जसले आफ्नो विलासी जीवनशैली र सेलिब्रिटीहरूसँगको सम्बन्ध प्रदर्शन गर्थे। यही छविको उपयोग गरी उनले १५० भन्दा बढी कर्मचारी भर्ती गरेका थिए। “अपोइन्टर” भनिने सदस्यहरूले टेलिफोनमार्फत सम्भावित ग्राहकहरूलाई सम्पर्क गर्थे भने “क्लोजर” भनिने सदस्यहरू प्रत्यक्षरूपमा सम्झौता पक्का गराउने काम गर्थे।

समूहका सदस्यहरूले “हामी तपाईंको घर नजिकै काम गर्दै थियौं, छतमा क्षति देखियो” भन्ने बहाना बनाई घरधनीहरूलाई अनावश्यक निर्माण सम्झौतामा पार्ने गरेका थिए। कानागावा प्रिफेक्चरमा गत वर्ष मात्र ५.३ मिलियन र ६.९३ मिलियन येन बराबरका सम्झौता गराइएको खुलेको छ, जुन बिना अनुमति गरिएको थियो। ठगी समूहले सम्झौताबाट आधाभन्दा बढी रकम आफ्नो खातामा राख्थे। प्रहरीले पक्राउ परेका व्यक्तिहरूले आरोप स्वीकारेका छन् वा छैनन् भन्ने खुलाएको छैन भने थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

Bio