+
Side Bar Header Desktop Recovered

गलत कागजात पेश गर्ने ६ नेपालीलाई जापानबाट निष्कासन

Kyoto Khabar
Posted on 1 year ago

काठमाडौं, फागुन २७ – जापानले गलत कागजात पेश गरेको आरोपमा ६ नेपालीलाई देश निकाला गरेको छ। अध्यागमन नियम उल्लंघन गरेको भन्दै चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरका एक-एक जनालाई नेपाल फर्काइएको हो।

सूत्रका अनुसार, ती नेपालीलाई जापानको अध्यागमन प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो।

फिर्ता गरिएका मध्ये दुई जनालाई थाइ एयर को विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्स बाट काठमाडौं पठाइएको छ। उनीहरूले कुन प्रकारका गलत कागजात प्रयोग गरेका थिए भन्ने खुलाइएको छैन।

यसअघि पनि जापानले अध्यागमन नियम उल्लंघन गरेको भन्दै पुन र भुजेल थरका दुई नेपालीलाई निष्कासन गरेको थियो।

जापानले अध्यागमन कानुन उल्लंघन गर्नेहरूमाथि पछिल्लो समय कडा निगरानी बढाएको छ। गलत कागजात वा भिसाको दुरुपयोग गर्ने विदेशी नागरिकहरूलाई फिर्ता पठाउने क्रम जारी छ।

निष्कासन गरिएका नेपालीहरूमाथि नेपाल फर्किएपछि थप अनुसन्धान हुनसक्ने बताइएको छ। यस्ता घटनाले वैदेशिक रोजगारमा जाने नेपालीहरूका लागि समस्या निम्त्याउन सक्ने विज्ञहरू बताउँछन्।

 

प्रतिक्रिया

Bio