क्योतो फ्रेन्ड्स युनाइटेडको आयोजनामा दोस्रो क्योतो कप फुटबल प्रतियोगिता २०२५ अप्रिल ५ (शनिबार) का दिन क्योतो मिनामीस्थित Futsal Square Kyoto Minami मैदानमा हुने भएको छ। प्रतियोगिता बिहान ९:०० बजे सुरु हुनेछ, जसमा जापानमा रहेका नेपाली समुदायका फुटबलप्रेमीहरूले भाग लिनेछन्। प्रतियोगिताका लागि मार्च ३१ भित्र दर्ता गर्नुपर्नेछ, जसको दर्ता शुल्क ४०,००० येन रहेको छ।
प्रतियोगितामा विजेता टिमलाई४०१,००० येन र उपविजेता टिमलाई २०१,००० येन पुरस्कार प्रदान गरिनेछ। साथै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, र उत्कृष्ट गोलकर्तालाई पनि विशेष अवार्ड प्रदान गरिनेछ। प्रतियोगितालाई व्यवस्थित बनाउन Nepali Samaj Kyoto को विशेष सहयोग रहेको छ। सहभागी टिमहरूलाई समयमै दर्ता गर्न आग्रह गरिएको छ, जसका लागि Japan Post Bank (14410 – 28069941) मा शुल्क जम्मा गर्न सकिन्छ।
यस प्रतियोगिताले जापानमा रहेका नेपालीहरूबीच आपसी मित्रता बढाउनुका साथै खेलकुदको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। थप जानकारीका लागि आयोजक प्रतिनिधिहरू रुस्तम भुजेल, क्योतो मो:मो पसल, सुसिल गुरुङ, र बिशाल भुजेललाई सम्पर्क गर्न सकिनेछ। क्योतो फ्रेन्ड्स युनाइटेडको फेसबुक पेजमा थप अपडेट उपलब्ध हुनेछ।
About
contact
Date Converter

