+
Side Bar Header Desktop Recovered

जापानको उच्च अदालतद्वारा समलैंगिक विवाहको अवैधता असंवैधानिक घोषित

Kyoto Khabar
Posted on 1 year ago

शुक्रबार, जापानको नागोया उच्च अदालतले समलैंगिक विवाहलाई कानुनी मान्यता नदिनु संविधानविपरीत रहेको फैसला सुनाएको छ। तर, मध्य जापानका एक जोडीले मागेको क्षतिपूर्तिको दाबी भने अदालतले अस्वीकार गरेको छ।

यो फैसला सप्पोरो, टोकियो, र फुकुओका उच्च अदालतको पछिल्ला निर्णयहरूसँग मिल्दोजुल्दो छ, जसले पनि समलैंगिक विवाहको अवैधता असंवैधानिक रहेको बताइसकेका छन्। यसअघि, नागोया जिल्ला अदालतले २०२३ मा समलैंगिक विवाह प्रतिबन्ध संविधानविपरीत भएको निर्णय गर्दै, नागरिकको बराबरीको अधिकार र विवाहको स्वतन्त्रताको हक उल्लंघन गर्ने निष्कर्ष निकालेको थियो।

देशभर पाँच जिल्लाका अदालतहरूमा समलैंगिक विवाहको कानुनी मान्यताबारे छ वटा मुद्दा दायर भएका थिए। तीमध्ये एउटा फैसलाले संविधानसम्मत, दुईले असंवैधानिक, र तीनले ‘असंवैधानिक अवस्थाको’ रूपमा निर्णय दिएका छन्। यसलाई डाइट (संसद) ले संविधानअनुसार कानुन संशोधन गर्नुपर्ने संकेतका रूपमा लिइएको छ।

प्रतिक्रिया

Bio