क्योटो, जापान – नेपाली हिप-हप संगीत पारखीहरूका लागि राम्रो खबर आएको छ। चर्चित नेपाली र्यापर नोबल बस्नेत (JAMESY) जापानको विभिन्न सहरमा आफ्नो लाइभ प्रस्तुति दिने क्रममा आगामी मार्च १, २०२५ मा क्योटोस्थित क्लब बाबेलमा धमाकेदार कन्सर्ट लिएर आउँदैछन्। नेपाली हिप-हपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने क्रममा JAMESY को यो प्रस्तुति ऐतिहासिक हुने अनुमान गरिएको छ।
यस कार्यक्रमको होस्ट सुमन लिम्बु रहनेछन् भने डीजे दोङ (XETANG) को ओपनिंग डीजे प्रस्तुति हुनेछ। साथै, नेपाली हिप-हप कलाकारहरू माइनस र युगेनले विशेष प्रस्तुति दिनेछन्। कार्यक्रमको व्यवस्थापन गोरखा ब्रदर्स (Gurkha Brothers) ले गर्नेछ। साधारण टिकट ¥4000 र भीआईपी टिकट ¥8000 मा उपलब्ध छ, जसमा १ निःशुल्क ड्रिंक र विशेष सिट सुरक्षित गरिएको छ।
JAMESY को यो कन्सर्ट नेपाल बाहिर बस्ने नेपाली संगीतप्रेमीहरूका लागि एउटा अविस्मरणीय अवसर हुनेछ। क्लब बाबेलमा एक पटक प्रवेश गरेपछि पुन: प्रवेश शुल्क नलाग्ने विशेष सुविधा दिइएको छ, जसले सहभागीहरूलाई रातभरि मनोरञ्जन गर्न प्रेरित गर्नेछ। कन्सर्टका लागि टिकट समयमै सुरक्षित गर्न आयोजकहरूले आग्रह गरेका छन्।
About
contact
Date Converter

