+
Side Bar Header Desktop Recovered

शिगा प्रिफेक्चरमा भीषण हिमपात, क्योटोमा पनि प्रभाव

Kyoto Khabar
Posted on 1 year ago

शिगा प्रिफेक्चरको नागाहामा सहरअन्तर्गत नाकागावाची, योगो-चो क्षेत्रमा भारी हिमपात भएको छ। फेब्रुअरी ५ त बिहान ११:०० बजे शिगा प्रिफेक्चरको बिभिन्न भागमा हिउ परिरहेको छ । केहि क्षेत्रमा हिउँको मात्रा २.२३ मिटर (२३३ सेमी) पुगेको छ। नागाहामाकै किनोमोटो-चो, कानाइहारा क्षेत्रमा ८४ सेमी र टाकाशिमा सहरको नाकामाकी क्षेत्रमा ५३ सेमी हिउँ जमेको छ।

हिकोन क्षेत्रीय मौसम विज्ञान वेधशालाले भारी हिमपात, तेज हावा, र चट्याङको सम्भावनाबारे चेतावनी जारी गरेको छ। यदि जाडो मौसमी प्रणाली निरन्तर रह्यो भने, ६ तारिखको साँझसम्म पनि चेतावनी-स्तरको हिमपात कायम रहने सम्भावना छ। शिगा प्रिफेक्चरमा जारी यस भीषण हिमपातको प्रभाव क्योटो लगायत वरपरका क्षेत्रमा पनि देखिन थालेको छ, जसले यातायात अवरुद्ध पार्न सक्छ।

मौसम विज्ञान एजेन्सी र स्थानीय प्रशासनले अनावश्यक यात्रा नगर्न, सम्भव भएसम्म घरमै बस्न, र आपतकालीन तयारी गर्न नागरिकहरूलाई अनुरोध गरेका छन्। अत्यधिक हिमपातका कारण सडक तथा रेल सेवा प्रभावित हुन सक्ने भएकाले यात्रुहरूलाई सतर्क रहन र अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

प्रतिक्रिया

Bio