क्योटोमा रहेका तामाङ समुदायले मञ्जुश्री संवत २८६१ को अवसरमा सोनाम ल्होसार विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्। “नयाँ वर्ष, नयाँ उत्साह, सोनाम ल्होसार मनाऔं सबै एकै साथ” भन्ने नारासहित कार्यक्रम ३१ जनवरी २०२५, शुक्रवारका दिन KBS Hall, Kamigyo Ward, Kyoto मा हुनेछ। कार्यक्रम गेट खुल्ने समय दिउँसो ३ बजे, सुरु ४ बजे, र अन्तिम प्रवेश समय राति ८ बजे तोकिएको छ। यस कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क JPY 1000 तोकिएको छ। उक्त कार्यक्रममा तामाङ समुदायका परम्परागत नृत्य, सांगीतिक प्रस्तुति, र अन्य सांस्कृतिक झलकहरू प्रस्तुत गरिनेछन्।
कार्यक्रमले जापानमा रहेका नेपाली समुदायलाई तामाङ संस्कृतिसँग जोड्ने र आफ्नो पहिचानलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। स्थानीय कलाकारहरूको विशेष प्रस्तुति र विविध मनोरञ्जनात्मक गतिविधिहरूले नयाँ वर्षको उमंग थप्ने अपेक्षा गरिएको कुरा कार्यक्रम संयोजक समिल तामाङले बताए ।
गोर्खा दरबार,साथिभाई र क्योतो जंक्सन लगाएतको प्रायोजकहरूको सहयोगमा आयोजना गरिएको यो कार्यक्रम “Gorkha Brothers” टोलीको व्यवस्थापनमा सम्पन्न हुनेछ। तामाङ समुदायले यस उत्सवमार्फत आफ्नो परम्परा र संस्कृति जगेर्ना गर्दै सामुदायिक एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको कुरा तामाङले बताए
। थप जानकारीका लागि संयोजक सामिल तामाङ (090-8447-1354) लाई सम्पर्क गर्न सकिन्छ।
About
contact
Date Converter

